काठमाडौ -संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को बैठकले शर्माको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाई पश्चात विधिवत रुपमा उहाँ नेपालको ३२औं प्रधान न्यायाधीश बन्नु हुने भएको छ । नेपालको संविधानको धारा २८४ अनुसार, संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक संवैधानिक परिषद रहने व्यवस्था छ ।