आइतवार, बैशाख २७, २०८३
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • कृषि
  • मुगुम कार्मारोङमा एक गोरु जोतेर अन्नबाली

मुगुम कार्मारोङमा एक गोरु जोतेर अन्नबाली

  • आइतवार, बैशाख २७, २०८३
मुगुम कार्मारोङमा एक गोरु जोतेर अन्नबाली

मुगु–खेतबारी पाखो(गरा)जमिन जोत्न समान्यतय हल गोरु चाहिन्छ । तर मुगुको पूर्बी क्षेत्रमा स्थानीयले एक गोरु जोतेर अन्नबाली लगाउने चलन छ । यो क्षेत्र मुगुम कार्मारोङ  गाउँपालिका भित्र पर्ने गरेको छ । माग्री, मह, रिउस, किम्री, ताखा, खारी, पुलु, डोल्फू, लगायत बस्तीमा बसोबास गर्ने आदिबासी जनजातिहरुले एक गोरु जोतेर अन्नबाली लगाउने चलन परम्परा देखि चल्दै आएको छ ।
भिरालो जमिन सा“धुरो खेतबारी बलौटे माटो भएकोले यहा“का स्थानीयबासी एक गोरु जोतेर अनाज उत्पादन गर्दै आएका छ । गोरुको नाकमा डोरी लगाएर एक जनाले तान्ने र पछाडी एक जनाले हलो समातेर बिस्तारै जोत्ने गरेका छन । गोरुको नाकको डोरी तान्ने काम प्राय महिला बालबालिकालाई प्रयोग गर्ने चलन छन ।

भिरालो जमिनमा सा“धुरो स साना खेतबारी भएकोले दुई वटा गोरु नअटने भएकोले एक गोरु जोतेर अन्नबाली लगाउनु परेको माग्री गाउका ग्याल्जन तामाङको भनाई छ । दुई वटा गोरु जोत्न खेतबारीको छेउछाउ बाट फर्काउन नसकिने भिरमा लडने डरले गर्दा एक गोरु जोतेर अन्नबाली रोप्ने गरेको उनको भनाई छ ।
अर्कोतिर गरिबीका कारण दुई वटा गोरु किनेर जोत्न नसक्ने अबस्थाले गर्दा पनि एक गोरु जोत्नु परेको स्थानीय सोनाम तामाङ बताउछन । मुगुम कार्मारोङ गाउ“पालिकाको कृषि तथ्याङक अनुसार करिव १३ सय घरधुरी र ६ हजार जनसंख्या रहेको मुगुमा कार्मारोङ गाउ“पालिका क्षेत्रमा २ हजार २ सय ४१ बर्गकिलोमिटर जमिन मध्ये २ सय हेक्टर जमिनमा मात्र कोदो कागुनो चिनो फापर आलु जौ अन्न उत्पादन हुने गरेको छ ।

आफनै खेतबारीमा उत्पादन गरेको अन्नले बर्ष दिन सम्म पुग्न कठिन हुने भएकोले सरकार अनुदानको चामलको भर पर्नु पर्ने बाध्यता छ । एक गोरुले उत्पादन गरेको अन्नबालीले बर्ष दिन कटाउन मुश्किल हुने मुगुम कार्मारोङ  गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाको भनाई छ । उच्च हिमाली क्षेत्र भएकोले मुश्किलले बर्षामा २ बाली मात्र पाक्ने गरेको छ ।

सिचाइको अभाव भिरालो खेतबारीका कारण प्रयाप्त अन्न उत्पादन नहुदा स्थानीयले खाद्यन्न तथा शहर क्षेत्र बाट निर्यात सेतो चामल बढी उपभोग गर्ने गरेका छन । जडिबुटी संकलन ब्यापार बाट आर्जन गरेको पैसाले उपभोग्य बस्तु किनमेलमै सकिने गरेको छ । मुगुम कार्मारोड. गाउपालिकाको माग्री गाउमा एक गोरु जोतेर अन्नबाली लगाउदै किसान तस्विर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार