काठमाडौ —काठमाडौँको मुटुमा रहेको ऐतिहासिक कमलपोखरी यतिबेला बैजनी रङ्गको मोहनीमा परेको छ । पोखरीको चारैतिर फुलेका जयाकारान्डा फूलका कारण कमलपोखरी क्षेत्र निकै मनमोहक र आकर्षक देखिएको छ ।
राजधानीको बढ्दो प्रदूषण र कोलाहलका बीच कमलपोखरीको यो दृश्यले पैदलयात्री र आगन्तुकहरूलाई शान्ति र सुन्दरको आभास गराएको छ केही वर्षअघि मात्रै पुनःनिर्माण गरिएको यस पोखरीको सौन्दर्यलाई जयाकारान्डाका ढकमक्क फुलेका फूलहरूले थप आक्रर्षण देखिएको छ । बैजनी फूलका झुप्पाहरू र पोखरीको कञ्चन पानीको प्रतिविम्बले यहाँको वातावरण कुनै चित्रकारको क्यानभास जस्तै जीवन्त देखिएको महसुस हुने गरेको छ ।
आन्तुक भरिभराउ
अहिले बिहान र बेलुकाको समयमा कमलपोखरीमा आगन्तुकहरुको निकै चहलपह र भीड देखिने गरेको छ ।
विशेष गरि युवापुस्ताहरू जयाकारान्डाको पृष्ठभूमिमा तस्बिर खिच्न, भिडियो बनाउन र सामाजिक सञ्जालका लागि सामग्री तयार पार्न यहाँ झुम्मिने गरेका छन । आहा यहा आएपछि मनै शान्त हुने रैछ कमलपोखरी तिर घुम्न आएका मुगु नेबिसंघका अध्यक्ष सोबिन्द्रबहादुर मल्लले सुनाए । ज्याकारान्डा फुलले कति सुन्दर देखिएको कमल पोखरी उनी बताउछन ।
हिजोआज कमल पोखरी भाइरल भएको मल्लले भने फोटो भिडियो खिच्न टिकटक बनाउन युवाहरुको कमल पोखरीतिर आक्रर्षण बढेको छ । कमल पोखरी ताल वरिपरि युवाहरु भरिभराउन देखिने गरेका छन । कोही हातमा किताव समातेर पढदै कोही फोटो भिडियो खिच्दै युवाहरु ब्यस्त देखिने गरेका छन ।