हिमाली भेगका स्थानीयको अर्थतन्त्रको प्रमुख मेरुदण्ड मानिने बहुमूल्य जडीबुटी यार्सागुम्बुको उत्पादनमा बर्षेनी गिरावट आउन थालेको छ । बढ्दो तापमान र अनपेक्षित मौसमी परिर्वतनले गर्दा हिमाली सुनका रूपमा चिनिने यार्सागुम्बु उत्पादनमा बढदै जान थालेपछि सर्बसाधारण संकलककर्ता र व्यापारीहरू चिन्तित देखिएका छन ।
बढ्दो तापक्रम
विगतका वर्षहरूमा चैत–वैशाख सम्म हिमालका पाखाहरू हिउँले ढाकिएका हुन्थे, जसले यार्सागुम्बु पलाउन आवश्यक चिस्यान र तापक्रम सन्तुलन कायम राख्थ्यो मुगुका यार्सा ब्यापारी छिरिङ तामाङ भन्छन हिउँदमा पर्याप्त हिमपात नहुनु र वसन्त ऋतुको सुरुवातमै तापक्रम अस्वाभाविक रूपमा बढ्नुले यार्साको जीवनचक्रमा ह्रास आएको छ । यार्सा उम्रिने क्षेत्रमा बाक्लो हुन्थ्यो घाम हिउ पग्लिदै जा“दा यार्सा उम्रिन्थ्यो तामाङले भने अहिले त्यो क्षेत्र नै खडेरीको चपेटा छ कसरी यार्सा उम्रिन्छ ।
यार्सागुम्बु एक प्रकारको झुसिलकिराको टाउकोबाट पलाउने च्याउ हो । यसको वृद्धिका लागि निश्चित मात्रामा आद्र्रता र ठिक्कको चिस्यान आवश्यक पर्छ स्थानीयको भनाई छ । जलवायु परिवर्तनले गर्दा हिमाली क्षेत्रको माटो सुक्खा बन्दै गएपछि यार्साको प्रजनन क्रिया नै सुक्दै गएको यार्सा संकलक बताउछन । दश बर्ष अघि सम्म यार्सा समुद्री सतह देखि ४० देखि ४५ सय मिटरको उचाईमा उम्रिने गथ्र्यो भने अहिले करिव ५५ सय मिटर उचाइको हिमालमा यार्सा भेटाउन मुश्किल हुने गरेको छ ।
संकलकहरूको रित्तो हात
प्रत्येक वर्ष जेठ र असार महिनामा कर्णाली प्रदेशको डोल्पा, दार्चुला, मुगु, जुम्ला र बझाङका हजारौँ मानिसहरू पाटन (हिमाली घाँसे मैदान) तिर उक्लिन्छन् । विगतमा एकै व्यक्तिले दिनमा ५० देखि १०० वटासम्म यार्सा भेटाउने गरेकामा अहिले दिन भरिको दौडधुप परेपनि मुश्किलले २० देखि २५ गोटा यार्सा टिप्न बेलका निवास फर्किन बाध्य छन । अचेल पहिलेको ठाउ“मा यार्सा पाइदै उच्च हिमालमा पुगेर मुश्किलले दिनमा १५ देखि २० गोटा यार्सा टिपेर चित्त बुझाउनु परेको डोल्पाका मिन्टुप तामाङको भनाई छ । मौसम अनुकुल नहुदा यार्सा लोप हुन थालेको उनले सुनाए ।
दार्चुलाको व्यास गाउँपालिकाका यार्सा संकलक भन्छन्, पहिले हिउँ पग्लिएपछि पाखाभरि यार्सा देखिन्थे अहिले त पाखाहरू काला र सुक्खा छन् । धेरै मिहिनेत गर्दा पनि रित्तो हात घर फर्कनुपर्ने अवस्था छ ।
स्थानीय अर्थतन्त्रमा असर
यार्सागुम्बा हिमाली क्षेत्रका बासिन्दाहरूको आम्दानीको प्रमुख स्रोत हो । शिक्षा, स्वास्थ्य र वर्षभरिको खाद्यान्न जोहो गर्न यही जडीबुटीको भर पर्ने परिवारहरूका लागि उत्पादनमा आएको ह्रासले ठुलो आर्थिक संकट निम्त्याएको छ । उत्पादन घट्दा बजारमा यसको मूल्य बढे पनि पर्याप्त परिमाण नहुँदा स्थानीय व्यापारीहरूले समेत घाटा बेहोर्नुपरेको छ ।
के भन्छन् विज्ञहरू
वातावरणविद्हरूका अनुसार हिमाली क्षेत्रमा विश्वको औसतभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको छ । यसले गर्दा जैविक विविधतामा ठुलो असर परेको छ । यार्सागुम्बु मात्र होइन, अन्य बहुमूल्य जडीबुटीहरू पनि विस्तारै लेकतिर सर्दै गएका छन् वा लोप हुने अबस्थामा छन । अर्कोतिर हजारौ संकलक कर्ता पाटन पुग्दा यार्सा कुल्चिने फोहोर फयाक्ने वायु प्रदुषण दुषित हुने जस्ता कारणले यार्सा उत्पादनमा कमी आएको छ ।
जलवायु परिवर्तनले पारिस्थितिक प्रणाली नै खलबल्याइ दिएको छ एक अनुसन्धानकर्ता भन्छन यदि यही दरमा तापक्रम बढ्दै जाने र अनियन्त्रित संकलन कार्य जारी रहने हो भने आगामी केही दशक भित्रै यार्सागुम्बु इतिहासको विषय बन्ने छ ।
समाधानको खोजी
यार्सागुम्बाको उत्पादन घट्नु केवल आर्थिक क्षति मात्र होइन, यो जलवायु परिवर्तनको प्रत्यक्ष चेतावनी पनि हो । यसको संरक्षणका लागि संकलन अवधिमा कडाइ, दिगो संकलन विधि र जलवायु अनुकूलनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिएको मुगुको मुगुम कार्मारोङ गाउ“पालिकाका प्रमुख छिरिङक्याप्ने लामाको भनाई छ । यार्सा जोगाउन एक बर्ष टिप्ने र एक बर्ष नदिप्ने नियम लागु गर्न आबश्यक देखिएको लामाले भने तर यार्सा चोरीको अबैध बाटो नियन्त्रण गर्न कठिन छ ।सरकारले हिमाली अर्थतन्त्रलाई जोगाउन वैकल्पिक जीविकोपार्जनका उपायहरूमा पनि लगानी बढाउनु पर्ने समय आएको छ । क्याराभान रिर्चस मिडिया प्रा लि का अध्यक्ष राजबहादुर शाहीको रिर्पोट ।।