आइतवार, जेष्ठ ३, २०८३
आइतवार, जेष्ठ ३, २०८३
  • होमपेज
  • खेलकुद
  • मुगु छायाँनाथ ट्रेल अल्ट्रा म्याराथन सुरु

मुगु छायाँनाथ ट्रेल अल्ट्रा म्याराथन सुरु

  • आइतवार, जेष्ठ ३, २०८३
मुगु छायाँनाथ ट्रेल अल्ट्रा म्याराथन  सुरु

मुगु- मुगुम कार्मारोङ गाउपालिकाद्धारा आयोजित प्रथम छायानाथ ट्रायल÷ अल्ट्रा म्याराथन सुरु भएको छ । मुगुम कार्मारोङ्ग गाउपालिका स्थित किम्री गाउबाट आज विहान ६ः४० बजेबाट शुरु भएको आयोजकले जनाएको छ ।
कुल ३३ किलोमिटर दूरीको यस ट्रेल÷अल्ट्रा दौड २८८० मिटरको किम्री गाउबाट देखि शुरू भएको ४८२० मिटर छायाँनाथ धाम हुँदै २२२० मिटर पुलु बजार पुगेर समापन हुनेछ । प्रतियोगितामा ५८ जना खेलाडिले भाग लिएका छन
यो म्याराथुनमा राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा ख्याती प्राप्त खेलाडीहरु अर्जुन राई लुकिङ्ग,बल कुवर,धिरज बुढा,आङ्ग फुर्वा सेर्पा,सुनमाया बुढा,निर्मला राई जस्ता खेलाडीहरुको सहभागिता रहेको छ . पालिकाको पर्यटन प्रर्बद्धन गर्न र प्रतिशद्ध तिर्थधाम छायानाथको प्रचार प्रशारको लागि यो कार्यक्रम आयोजना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार