काठमाडौ —कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
सेभेन समिट ट्रेक्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएअनुसार ३२ औँ पटक सगरमाथाको शीर्ष विन्दुमा पाइला टेकिसकेपछि कामिरिता र उनको आरोहण टोली अहिले आधार शिविर (बेसक्याम्प) तर्फ सुरक्षित रूपमा ओर्लिने क्रममा रहेको जनाएको छ । सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखे अनुसार ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौंमा उनको भव्य स्वागत गरिने जनाएको छ ‘।
सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अतुलनीय सफलता हासिल गरिसकेका छन ।