बुधबार, जेष्ठ ६, २०८३
बुधबार, जेष्ठ ६, २०८३
  • होमपेज
  • शिक्षा
  • सुकुमबासी प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

सुकुमबासी प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

  • मङ्लबार, जेष्ठ ५, २०८३
सुकुमबासी प्रतिपरिवार २५ हजार  दिने सरकारको निर्णय

काठमाडौ —काठमाडौ उपत्यका नदी किनारका हटाइएका विस्थापित प्रतिपरिवार २५ हजार पुनस्र्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ । मंगलबार सिहदबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यका नदी किनार बाट विस्थापित भएका प्रतिपरिवार २५ हजार पुनस्र्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको हो
जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । त्यसै गरि विस्थापित परिवारका बालबालिकाको पठनपाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिने सरकारले निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार