काठमाडौ —नेपाली चलचित्र क्षेत्रकी प्रभावशाली अभिनेत्री तथा मोडल सुरक्षा पन्तले मध्यपश्चिम विश्व बिद्यालयका पूर्व रजिष्टार एव साहित्यकार डा. महेन्द्र कुमार मल्लद्धारा लिखित नयाँ उपन्यास ’नक्खी’ हातमा लिएर खिचेको तस्बिर र त्यसको वरिपरि सिर्जना भएको विमर्श निकै रोचक र अर्थपूर्ण रहेको छ ।
नेपाली चलचित्र क्षेत्रमा बौद्धिक अभिनयको रुपमा परिचित सुरक्षाले यसरी नक्खी उपन्यास प्रवद्र्धनमा देखाएको चासोलाई कला र साहित्यको सुन्दर संयोजनका रूपमा हेरिएको छ । कर्णाली क्षेत्रलाई आधार बनाएर लेखिएको उक्त पुस्तक सबैले पढि दिन उनले आग्रह गरेकी छन । त्यसै गरि सुदूरपश्चिम र मध्यपश्चिमको लोक–संस्कृति, देउडा तथा लोक गीतहरूका माध्यमबाट परिचित सपना शाहीले पनि नक्खी प्रर्बद्धनका निम्ति जोड दिएकी छन । उनले उक्त उपन्यास हात लिएर रमाउदै तस्विर खिचाइन । बौद्धिक साहित्यकार डा.मल्लले लामो मिहिनेत साथ लेखेको नक्खी उपन्यास कलाकारहरु उत्तिकै चासो माया देखाएका छन ।
कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सवका निर्देशक चक्रबहादुर चन्दले साहित्यको माध्यम बाट कर्णाली क्षेत्र परम्पराग रुढीबादी प्रथालाई चिरफार गर्दै नक्खी उपन्यास आएको बताएका छन । अरु उपन्न्यास भन्दा यो उपन्यास फरक तरिका बाट लेखिएको छ उनले भने त्यसैले यो उपन्यासलाई सबैले माया गरेर पढी दिन म आग्रह गर्दछु ।
नेपाली साहित्य र प्राज्ञिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा. मल्लद्वारा लिखित नयाँ उपन्यास नक्खी शनिबार काठमाडौ भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । लेखक डा. मल्लले सदैव कर्णालीको माटो, त्यहाँको जनजीवन र ओझेलमा परेका कथा–व्यथाहरूलाई आफ्ना सिर्जनामार्फत प्रस्फुटन गर्दै आएको र ‘नक्खी’ उपन्यास लेखिएको बताउनु भयो । नक्खी’ उपन्यास केवल एउटा काल्पनिक कथा मात्र नभई कर्णाली क्षेत्रको जीवन्त दस्तावेज भएको साहित्यकारले टिप्पणी गरेका छन । उपन्यासले विद्यमान लैङ्गिक विभेद, वर्गीय खाडल, र परम्परागत सोचका विरुद्ध पात्रहरूले गरेको सर्घणलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासको शीर्षक र मुख्य पात्र ‘नक्खी’ को वरिपरि घुमेको कथाले ग्रामीण महिलाहरूको साहस, धैर्यता र पहिचानको खोजीलाई सशक्त ढंगले उठान गरेको छ । कार्यक्रममा आफ्ना धारणा राख्दै लेखक डा.मल्लले समाजका भुइँमान्छेका कथा र इतिहासले नसमेटेका पात्रहरूलाई न्याय दिन आफूले यो उपन्यास सिर्जना गरेको जानकारी गराएका छन । ‘नक्खी’ त्यही समाजको भित्री तहमा लुकेका सत्य र संवेदनाहरूको साहित्यिक रूपान्तरण हो यसले पाठकलाई कर्णालीको एउटा फरक पाटो अनुभूत गराउनेछ भन्ने विश्वास लिएको उनको भनाई छ । बिमोचन समारोहमा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, सञ्चारकर्मी, लेखक तथा साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो सहभागीहरूले डा. मल्लको प्राज्ञिक तथा साहित्यिक यात्राको प्रशंसा गर्दै नक्खी उपन्यासको सफलताको कामना ब्यक्त गरेका छन । हिजो बाट बजारमा आएको नक्खी उपन्यासले नेपाली साहित्य बजारमा बलियो उपस्थिति जनाउने र पाठकहरूको मन जित्ने अपेक्षा गरिएको छ ।