काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने समारोहलाई सम्बोधन नगर्ने भएका छन ।राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालय बाट पत्र पठाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।पत्रमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको श्रोतले बताएको छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्रकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति बनाएको छ।