मुगु —मुगुको सोरु गाउपालिका—७ कि बालसुन्दरी बिष्ट जस्ताको टहरोमा पढने गरेकी छिन । उनी कक्षा १० मा अध्यायरत छात्रा हुन । सुबिधायुक्त बिद्यालयमा पढने बालसुन्दरीको इच्छा भएपनि बाध्यताले चारैतिर हावाहुरी आउने जस्ताको जोखिम टहरो भित्र बसेर पढन बाध्य छन । उनी मात्र नभएर कक्षा ८ का महेन्द्र बिष्ट पनि जस्तो टहरोमै बसेर अध्यायन गरि रहेका छन । हावाहुरी छेक्दै टिनको टहरो भित्र बसेर पढनु परेको छ बालसुन्दरीले दुखेसो पोखिन् । हावाले कापी किताव उडाउने पानी परे झिज्ने गरेको उनको भनाई छ । बालसुन्दरीले दुखेसो पोख्दै भनिन शहरका साथीहरु सुबिधायुक्त बिद्यालयमा पढदा होलान् हामी त टिनको टहरोमा बसेर अध्यायन गदैछौ । मुगुको सोरु सोरु गाउँपालिका ७ सिप गाउमा रहेको एक मात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न बाध्य भएका छन् ।
प्रावितहमा समान्य कक्षा कोठ भएपनि निमावि देखि मावि सम्म बिधार्थीहरु जस्ताको टहरोमै बसेर आफनो पढाई गरि रहेका छन । कक्षाकोठाको अभावले बिधार्थीहरुलाई जस्तोको टहरो भित्र बसालेर पढाउनु परेको प्रधानध्यापक रत्नराज चौलागाई बताउछन । हावाहुरी पानी छेक्दै बिधार्थीलाई बढाउने गरेको उनको भनाई छ । दुर्गम बस्तीका शहरमा गएर पढन नसक्ने गरिव जेहेन्दार बिधार्थीको लागि शिक्षा प्रदान गर्ने उदेश्यले यो आवासिय बिद्यालय संचालन गरि पढाउन सुरु गरिएको प्रअ चौलागाईले भने ‘कक्षा कोठा अभावले जस्ता पाताको कोठा बनाएर बिधार्थीलाई शिक्षा दिइरहेका छौ
बिधार्थीहरुको यस्तो अवस्थालाई मध्येनजर गरि सरकार तथा गैसस निकायले कक्षा कोठा निर्माण सहयोग गरि दिन प्रअले अनुरोध गरेका छन ।
बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष छक्कबहादुर बिष्टका अनुसार गाउ“घरका बिधार्थीलाई पढाईमा सुबिधा होस घरमै बसेर आवासिय बिद्यालय पढन पाओस भनेर यो आवासिय बिद्यालय खोलिएको हो तर पूर्बाधार अभावले शिक्षकलाई पढाउन र बिधार्थीलाई पढन कठिनाई भइरहेको छ ।
समुदाय मिलेर टिनको बारेर कक्षा कोठा बनाएर शिक्षक बर्गले बिधार्थीलाई पढाइरहेका बिष्ट भन्छन सुरुवातमै यो गाह्रो भयो आउदो दिनहरुमा यस बिद्यालय प्रति सबैको ध्यान जानेछ । यो जटिल समस्या बुझेर सरकारी तथा गैरसरकारीले निकायले आबश्यक सहयोगको अपेक्षा गरिएको उनले बताए । कक्षा कोठा नै नभएको बिद्यालयमा शौचालय, लाइबेरि, खानेपानीको त के कुरा एक अभिभावक टेकबहादुर बिष्टले भने अहिले बिधार्थीले दुःख गरि पढेपछि पछि सुख पाउला भन्ने आसा छ । जिल्लाभरिको भौतिक पूर्बाधार नै नभएको समस्याग्रस्त बिद्यालयको रुपमा यही होला उनको भनाई छ ।
जस्ताको टहरोमा पढ्नु पर्दा विद्यार्थीहरूले मौसम अनुसार फरक–फरक र निकै कठिन सास्ती खेप्नु परिरहेको छ ।
गर्मी र वर्षाको समयः दिउँसो घाम लाग्दा जस्तापाता अत्यधिक तातेर टहरोभित्र बस्नै नसकिने गरी राप आउँछ । यस्तै, पानी समयमा जस्तामा पानी बजारिँदा आउने ठूलो आवाजका कारण बिधार्थीको पढाईमा समेत प्रभाव पर्ने गरेको अभिभावकको भनाई छ । आवासीय भनिए पनि विद्यार्थीहरूको बसाईको अवस्था समेत दयनीय छ । उही जस्तोको टहरो भित्र पनि बिधार्थीहरु कोचाकोच गरेर बस्नु पर्ने अबस्था छ ।
दुर्गमका बालबालिकाहरूले पनि सहर बजारका विद्यार्थी सरह सुरक्षित वातावरणमा पढ्न पाउनु उनीहरूको मौलिक हक हो । तर, मुगु सोरुको यो विद्यालयको अवस्थाले राज्यको ’सबैका लागि शिक्षा’ र ’गुणस्तरीय शिक्षा’ को नारालाई गिज्याइरहेको देखिन्छ ।
अभिभावक बर्ग तथा नागरिक अगुवा वडासदस्य प्रतिनिधिहरुले सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकार शिक्षा मन्त्रालय सँग तत्काल बजेट व्यवस्थापन गरि विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन जोडदार माग गरेका छन । सिप आवासिय माध्यमिक बिद्यालयमा सिप, बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानी, लगायत बस्ती बाट बिधार्थीहरु पढन आउने गरेका छन ।