मुगु —कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा रैथाने बाली आत्मनिर्भर कर्णाली कार्यक्रम घोषणा गरेको छ ।सरकारले कर्णाली क्षेत्रको रैथाने बाली संरक्षण र प्रवद्र्धनलाई पनि विशेष जोड दिएको छ । कर्णालीका स्थानीय बालीको उत्पादन, प्रशोधन र बजारीकरण मार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यका साथ रैथाने बाली आत्मनिर्भर कर्णाली’ अभियान सञ्चालन गरी कोदो, फापर, चिनो, कागुनो, सिमी, जौ लगायतका परम्परागत बालीलाई पुनर्जीवन दिने योजना सार्वजनिक गरेको छ ।
कर्णालीलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई तीव्रता दिने घोषणा गरेको छ ।
उत्पादन बढाउन कृषियोग्य जमिनको अधिकतम उपयोग गरिने, बाँझो जमिनलाई खेतीयोग्य बनाइने तथा कृषि उद्यमशीलतालाई प्रोत्साहन गरिने नीति लिइएको छ। कृषि क्षेत्रलाई केवल निर्वाहमुखी नभई व्यावसायिक र आयआर्जनको आधारका रूपमा विकास गर्ने सरकारको योजना छ । ।