मुगु—हुम्ला सिमकोट बिमानस्थलमा हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको चाप बढेको छ । हवाई मार्ग बाट नेपालगञ्ज हुदै हुम्ला सिमकोट भएर कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको बिमानस्थलले जनाएको छ ।नेपालगञ्ज देखि सीता, समिट र तारा एयरले धमाधम उडान भर्दै आएका छन ।
सिमकोट विमानस्थलबाट हिल्साका लागि हेलिकोप्टर तयारी अबस्था राखिएको छ । कैलाश मानसरोवर दर्शनको लागि भारतीय पर्यटक नेपालगञ्ज बाट निजी एयरलाइन्जमा सिमकोट जाने र त्यहा बाट फिस्टेल हेलिकप्टरद्धारा कैलास मानसरोवर दर्शन गर्न जाने गरेका छन । गत वैशाख ३० गतेदेखि विदेशी भारतीय पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले जानकारी गराउनु भयो । भारतीय पर्यटक आगमनले सिमकोट बिमानस्थलमा हवाई चाप देखि चलहलपहल निकै बढेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
गत वैशाख ३० गतेदेखि जेठको तेश्रो साता नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका २ हजार ७ सय ४७ पर्यटक हुम्ला भित्रिएका छन् वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काको भनाई छ ।
जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए।
कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।
कैलाश मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका स्थानीय ब्यापारीले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोट सहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले आम्दानी बृद्धि भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।
तस्विर जनक हुम्ला ।