शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • समाचार
  • गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ, सभापति गगन थापा

गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ, सभापति गगन थापा

  • शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ, सभापति गगन थापा

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगन थापाले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगु सोरु गाउपालिका १ का २५ बर्षिय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाले स्तब्ध बनाएको बताएका छन ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै थापाले गणेश नेपालीको घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। उनले यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको उल्लेख गरेका छन ।

थापाले दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन । साथै, परिवारलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन । यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गर्दै यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको थापाले बताएका छन ।

सभापति थापाका अनुसार एउटा युवा किन यस्तो निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई किन भरोसाको अनुभूति गराउन सकेनन् र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी रह्यो भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्न आवश्यक रहेको छ । भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार