शनिबार, असार २७, २०८३
शनिबार, असार २७, २०८३
  • होमपेज
  • देश
  • गणेश नेपालीलाई शहिद घोषणा गर्न मिराज ढुङ्गानाको माग

गणेश नेपालीलाई शहिद घोषणा गर्न मिराज ढुङ्गानाको माग

  • शनिबार, असार २७, २०८३
गणेश नेपालीलाई शहिद घोषणा गर्न मिराज ढुङ्गानाको  माग

काठमाडौ —आत्मदाहको प्रयास पछि बीर अस्पतालमा उपचारको क्रममा निधन  निधन भएका मुगु सोरु गाउपालिका —१ का २५ बर्षिय गणेश नेपालीलाई शहिद घोषणा गर्नु पर्ने माग गरेका छन ।
जेनजी अभियान्त मिराज ढुङ्गानाले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत गणेश नेपालीलाई शहिद घोषणा गर्नु पर्ने माग गरेका छन । गणेश नेपालीको मृत्युपछि उहाँलाई किन शहीद घोषणा गर्नु पर्छ भन्ने बारे मेरा ६ बुँदा सहित आफनो धारणा समेत सार्वजनिक गरेका छन ।
यो आवेशमा आएर लेखिएको होइन, नेपालीको हितका लागि सोचीसम्झी लेखिएको कुरा हो। ध्यान दिएर पढ्नुहोला भनेर उल्लेख गरेका छन ।
यस्तो मिराज ढुंगानाको ६ बुदे अबधारणा
१. गणेश नेपालीजीको आत्महत्या होइन, आत्मदाह हो। यी दुई शब्दमा धेरै अन्तर छ। ज्यानमा कसैले पेट्रोल छर्केर जीवन त्याग गर्छ भने, त्यो केवल जीवन त्याग मात्र होइन, सन्देश र सङ्केत पनि हो।
२. यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको अत्याचार ट्राफिक जरिवानाको प्रतिरोध हो र यो देशको राज्य पुराना सरकार लाचार भएर नागरिकले भोग्नु परेको दुखःको अन्तिम आवस्था थियो।
३. नेपाली जनताको आर्थिक जीवनस्तर नचिनी, महसुस नगरी जनभावना विपरीत ल्याइएको विधेयकको प्रतिरोधको प्रतीक हो यो आत्मदाह। त्यसैले यसलाई नीतिगत रूपमा सच्याएर राज्यलाई ८अयगचकभ अयचचभअतष्यल८ तर्फ लैजान दबाब दिने कारक बनेको छ यो आत्मदाह।
४. यो विधेयक फिर्ता लिएर सच्याई नेपाली जनतालाई ज्यानमारा जरिवानाबाट मुक्त गर्दै गणेशजीलाई शहीद घोषणा गर्नुपर्छ। यो सामान्य मृत्यु होइन, राज्यलाई ८अयगचकभ अयचचभअतष्यल८ गर्न बाध्य पार्ने ठूलो दबाब हो।
५. गणेशजीलाई शहीद घोषणा गरेपछि एउटा नजिर बस्छ—राज्य जनताबाट पर पुगेपछि नागरिक कति हदसम्म जान तयार हुन्छन् भन्ने। साथै, गरिब देशमा जरिवाना र दण्डसम्बन्धी नीति ल्याउनुअघि राज्य थप संवेदनशील बन्ने आधार पनि तयार हुन्छ।
६. आत्मदाह गर्ने सबैलाई शहीद घोषणा गर्नुपर्छ भन्ने होइन। तर राज्यको अत्याचारको प्रतिरोधमा कुनै व्यक्तिले कुनै विकल्प नदेखेर आत्मदाह गर्छ भने, त्यसलाई सन्दर्भ हेरेर मूल्याङ्कन गर्नुपर्छ ।।

चर्चामा

सम्बन्धित समाचार