मुगु —सोरु गाउपालिका —१० धैनकोट स्थित दही गाउका करिव ६२ बर्षिय पुन्या जैसीले सोमबार नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्गको रिवन काटेर उदघाटन गरेका छन । उक्त सुरुङमार्ग उदघाटन गर्न गएका पूर्बाधार मन्त्री सुनिल लम्सालले आफुले रिवन काटेर उदघाटन नगरि जैसीलाई कैची हातमा पारेर रिवन काटन लगाई उदघाटन गर्न लगाएका र आफूले ताली बजाएका छन ।
जैसी नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य सुरुवात देखि नै त्यहा काम गर्दै आएका थिए । जेष्ठ मजदुरको हिसावले मन्त्री लम्सालले उनलाई रिवन काटन लगाएर सुरुङमार्ग उदघाटन गरेका छन ।
जैसी ज्यालादारी काम खोज्दै काठमाडौ गएर नागढुङ्गा सुरुङमार्गको काममा लागेका थिए । ेकुनै उच्चपदस्थ नेता वा मन्त्रीले नभई सुरुङमार्ग निर्माणमा दिनरात पसिना बगाएर काम गर्दै आएका जैसीले सोही सुरुङमाग उदघाटन गर्दा मजदुरको सम्मान गरेको भन्दै मन्त्री लम्सालको सर्वत्र प्रशंसा गरिएको छ । आफुले सुरुडंमार्गको उदघाटन गर्न पाउदा खुशी ब्यक्ति गर्दै जैसीले सरकारलाई धन्यबाद दिएका छन ।
मेरा ससुरा बाले आज नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्गको उदघाटन गरेको खबर सुन्दा सारै मन हर्षित भयो जैसीका ज्वाई मन प्रसाद भट्टले सुनाए । अहिले सम्म मैले कामदारले उदघाटन गरेको देखेको र सुनेको पनि थिइन भट्टले भने मन्त्रीले कामदारको पनि सम्मान गर्दा खुशी लाग्यो । जेष्ठ मदजुरको हिसावले सुरुङमार्ग उदघाटन गरि सकेपछि उहाको नाम पनि शिलालेखमा राखि दिएको भए अझ राम्रो हुन्थ्यो उनको भनाई छ ।
मजदुरको हातबाट भएको यो ऐतिहासिक उदघाटनले देश विकासमा रगत र पसिना बगाउने लाखौँ श्रमजीवीहरूको शिर उच्च बनाएको छ । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ ।
मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग टनेल र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिव ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । तस्विर सामाजिक सञ्जाल बाट