शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • देश
  • राष्ट्रपति पौडेलले र प्रधानमन्त्री शाहबीच भेटवार्ता

राष्ट्रपति पौडेलले र प्रधानमन्त्री शाहबीच भेटवार्ता

  • शुक्रबार, साउन १५, २०८३
राष्ट्रपति पौडेलले र प्रधानमन्त्री शाहबीच भेटवार्ता

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह बीच भेटवार्ता भएको छ ।देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कÞायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कÞायम गर्न सुझाव दिनुभएको थियो । ्
तस्विर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ।

चर्चामा

सम्बन्धित समाचार