काठमाडौ —नेपाली कांग्रेसका निर्वतमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत गर्न त्रिभुवन बिमास्थलमा नेबिसंघलेस् वागत गर्न भब्य तयारी गरेको छ । स्वास्थ्य उपचार पछि भोली स्वदेश फर्किन लागेका पूर्व प्रधानमन्त्री देउवालाई स्वागत गर्न देशभरका नेबिसंघ बिधार्थीहरु त्रिभुवन बिमानस्थल उपस्थित हुन आह्वान गरेको हो ।
नेपाल बिधार्थी संघका केन्द्रीय सदस्य कार्यालयका मुख्यसचिव विजय खड्काले मंगलबार निमन्त्रणा पत्र जारी गर्दै साउन २८ गते बिहान ११ बजे त्रिभुवन विमानस्थलमा सहभागी हुन देशभरका नेबिसंघका बिधार्थी जिल्ला सभापति लाई आग्रह गरेको छ ।
देउवाको स्वागतका लागि नेविसंघका सबै प्रदेश समिति, जिल्ला समिति, विश्वविद्यालय समिति, स्ववियु सभापति तथा पदाधिकारी, क्याम्पस इकाई समिति, सिटिइभिटी समिति, प्राविधिक विद्यार्थी परिषद् नेपालल गायत संगठनका विभिन्न तहका प्रतिनिधिलाई आह्वान गरेको छ ।