आइतवार, कार्तिक ३०, २०८३
आइतवार, कार्तिक ३०, २०८३
  • होमपेज
  • समाज
  • छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

  • शनिबार, कार्तिक २९, २०८३
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

काठमाडौ- मधेशको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन्। यसअघि पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीका दिन हिजो शुक्रबार व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गरेका थिए।

छठ पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाएपछि व्रतालुहरूले त्यही खीर खाएर खरना विधि पूरा गर्ने परम्परा छ।मिथिलामा छठलाई लोकआस्थाको महापर्व मानिन्छ। श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि यस पर्वका मुख्य पक्ष हुन्।

यही निष्ठाका साथ खरनाका दिन दिनभरि उपवास बसेका व्रतालुहरूले बेलुका चन्द्रदर्शन गरेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र स्थानीय जातको धानको चामल मिसाएर खीर पकाउँछन्। उक्त खीर केराको पातमा राखेर छठी मातालाई चढाउने गरिन्छ। त्यसपछि व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन्। आज दिनभरि उपवास गर्ने व्रतालुहरूले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्।पर्वको तेस्रो दिन व्रतालुहरू निराहार व्रत बसेर साँझपख जलाशयमा बनाइएको मनोरम घाटमा पुग्छन्। त्यहाँ कम्मरसम्म डुब्ने पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन्। फाइल तस्विर ।

चर्चामा

सम्बन्धित समाचार