काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।शनिबार बिहान नेताहरु पार्टी सभापति लामिछानेसँग छलफल गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भेली चीन भ्रमणमा जाने तयारीमा छन ।