मङ्लबार, भदौ २, २०८३
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • कृषि
  • मुगुको उत्तरी ब्यापारी नाका खुल्ने अनिश्चित कार्मारोङबासी चिन्तित

मुगुको उत्तरी ब्यापारी नाका खुल्ने अनिश्चित कार्मारोङबासी चिन्तित

  • मङ्लबार, भदौ २, २०८३
मुगुको उत्तरी ब्यापारी  नाका खुल्ने अनिश्चित कार्मारोङबासी चिन्तित

मुगु—मुगु जिल्लाको एक मात्र अस्थायी उत्तरी ब्यापारी नाक्चेनाङला नाका यो बर्ष खुल्ने अनिश्चित देखिएपछि मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीय चिन्तित देखिएका छन । हरेक बर्षको साउन दोश्रो साता देखि मुुुगुको उत्तरी ब्यापारी नाका १५ दिनको लागि खुल्ने र मुगुम कार्मारोङ गाउपालिकाका स्थानीय दैनिक उपभा्ग्य बस्तु किनमेल गर्न जाने गथ्र्ये भने यो बर्ष भदौ महिना सुरु भइसक्दा पनि नाका खल्ने वा नखुल्ने केही जानकारी नआएपछि स्थानीय चिन्तित भएका छन ।   यो बर्ष उत्तरी नाका खुलेन भने हामी दैनिक उपभोग्य बस्तु खरिद गर्न बाट बञ्चित हुने भयौ हामीलाई दिन निर्वाह गर्न कठिनाई हुने भने भयो मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीय ग्याल्जन तामाङले दुःखेसो पोख्दै भने सरकारले नाका खुलाउने पहल गरि दिन्छ भन्ने आसामा छौ ।

तिब्बती क्षेत्रमा भेडाबाख्रा जनावरहरुमा रोग फैलिएको रोग नियन्त्रणको लागि खोप संचालन भइरहेको त्यसै कारणले गर्दा उत्तरी नाका अहिले सम्म नखुलेको भन्ने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार मुगुम कार्मारोङ गाउ“पालिका सित समन्वय भइराखेको छ यो महिना भित्र नाका खुलेन भने पछि जाडो सुरु हुन्छ अनि खुल्न्े अबस्था रहदैन । अघिल्लो बर्षहरुमा नाका खुल्नु भन्दा एक महिना अगाडी नै प्रशासन र गाउ“पालिकालाई खबर प्राप्त हुने तिब्बतमा उपभोग्य बस्तु किनमेल गर्न जाने स्थानीयलाई जिल्ला प्रशासन कार्यालयले अस्थायी प्रबेश पास बितरण गरिन्थ्यो । तर अहिले सम्म नाका खुल्ने वा नखुल्ने कुनै जानकारी नआएपछि जिल्ला प्रशासन कार्यालय बाट प्रबेश पास समेत बितरण गरिएको छैन अहिले सम्म नाका खुल्ने वा नखुल्ने कुनै जानकारी आएको छैन

मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । गत बर्षहरुमा साउन तेश्रो साता भित्र नाका खुल्ने स्थानीय समान किनमेल गर्न गइसक्थे अध्यक्षले भने यो पटक अहिले सम्म नाका खुल्ने खबर आएको छैन ।
सिंगो कार्मारोङवासी उत्तरी नाका खुल्ने प्रतिक्षामा छन अध्यक्ष लामा भन्छन यदी खुलेन भने स्थानीयलाई दैनिक उपभोग्य खरिद र स्थानीय उत्पादन जडीबुटी बिक्रीमा बञ्चित हुने भए । कोरोना महामारीका कारण चार बर्ष सम्म मुगुको उत्तरी नाका बन्द भएको र गत बर्ष खुलेको उक्त नाका यो बर्ष फेरि खुल्ने वा नखुल्ने अनिश्चित देखिएको छ ।

मुगु र तिब्बतको समान क्षेत्र ह्याजिमार भन्ने स्थानमा तिब्बती ब्यापारी आएर १५ दिन सम्म अस्थायी हाटबजार संचालन गर्ने र मुगुमा घोडा चौरी झोवा खच्चर लिएर चामल नुन तेल कपाडा, चिया ध्यू छुप्रि कम्मल उन खरिद गरेर ल्याउने गर्थे ।
मुगुम कार्मारोङ गाउ“पालिकाका स्थानीयले स्याउ, चुली, यार्सा, निगालोको डोको लगायत समान लगेर हाटबजारमा बेच्ने कमाएको पैसाले उपभोग्यबस्तु किनेर ल्याउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार