बिहिबार, भदौ ११, २०८३
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • देश
  • उद्धार राहात तथा उपचारमा कमी हुन नदिन पूर्वराजा शाहको आग्रह

उद्धार राहात तथा उपचारमा कमी हुन नदिन पूर्वराजा शाहको आग्रह

  • बुधबार, भदौ १०, २०८३
उद्धार राहात तथा उपचारमा कमी हुन नदिन पूर्वराजा शाहको आग्रह

काठमाडौ —पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता घाइते भएका नागरिकलाई उद्धार राहात तथा उपचारमा कुनै पनि कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।
विपदको घडीमा एकजुट हुन सबैमा आग्रह गर्दै शाहले सबैले सक्दो सहयोग गर्नुपर्ने उल्लेख गर्नु भएको छ । देशवासीका नाममा सन्देश जारी गर्दै शाहले तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।

पूर्वराजा शाहले बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनहरुमा समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै समेत गर्नु भएको छ । वेत्तपा नागरिकहरुका खोजी कार्यलाई तिब्रता आग्रह गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार