मङ्लबार, भदौ २३, २०८३
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • देश
  • विपत्तिको घडीमा एकताबद्ध उद्धार र पूर्ननिर्माण जुटन राष्ट्रपति पौडेलको अपिल

विपत्तिको घडीमा एकताबद्ध उद्धार र पूर्ननिर्माण जुटन राष्ट्रपति पौडेलको अपिल

  • सोमवार, भदौ २२, २०८३
विपत्तिको घडीमा एकताबद्ध उद्धार र पूर्ननिर्माण जुटन राष्ट्रपति पौडेलको अपिल

काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीले बिपत्तिको घडीमा सरकार, राजनीतिक दलदेखि आमनागरिकलाई एकताबद्ध भएर राहत र पूर्ननिर्माण लाग्न अपिल गर्नु भएको छ ।

सोमबार बाढी प्रभावित क्षेत्र नवाकोट र रसुवाको निरीक्षण गरेर काठमाडौ फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्धार, राहत र मानवीय सहयोगमा संघसंस्था, जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र तथा व्यवसायीलाई पनि संकटको सामना गर्ने अभियानमा एकताबद्ध हुन अपिल गर्नु भएको छ ।

विपत्तिको यो घडीमा कसैलाई दोषारोपण गर्ने बहसमा अल्झिनुभन्दा प्रभावित नागरिकको उद्धार, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने उहाको भनाइ छ ।

यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन राष्टपतिले भने यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो ।
राष्टपति पौडेलले पुनर्निर्माण र पुनःस्थापनासँगै प्रभावित क्षेत्रको आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार