मङ्लबार, भदौ ३०, २०८३
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • देश
  • बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसंग प्रधानमन्त्रीको छलफल

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसंग प्रधानमन्त्रीको छलफल

पुर्नस्थापनाको लागि श्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • सोमवार, भदौ २९, २०८३
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसंग प्रधानमन्त्रीको छलफल

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाह वालेनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग  सोमबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उहाँले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफल उहाँहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भन्नुभयो, “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौ, मिलेर काम ग¥यौँ ।”
प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरुले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको विषय उठाउँदै बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ
यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । आजको भेटमा प्रभावित क्षेत्रका जनप्रतिधिहरुसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो ।

चर्चामा

सम्बन्धित समाचार