सोमवार, अशोज १२, २०८३
सोमवार, अशोज १२, २०८३
  • होमपेज
  • देश
  • विपद्को जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको अपिल

विपद्को जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको अपिल

  • आइतवार, अशोज ११, २०८३
विपद्को जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको अपिल

काठमाडौ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल  गर्नुभएको छ । विपदबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्। विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली लगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ। हालसम्म पाँच जना बेपत्ता रहेको र मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको प्रधानमन्त्रीको भनाई छ ।   ।
बाढी बाट प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको तथा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना र माइकिङमार्फत नागरिकलाई सचेत गराइएको  उहाको भनाई छ ।

बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले क्षतिग्रस्त सडकको मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

प्रधानमन्त्री शाहले सेती, नारायणी र कमला नदीमा समेत पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन । हुरीसहितको वर्षाका कारण धान, तरकारी लगायत कृषि बालीमा समेत ठूलो क्षति पुगेको उहाको भनाई छ ।प्रधानमन्त्री शाहले जोखिम अझै कायमै रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्। संकटको अवस्थामा शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न समेत उनले अपिल गरेका छन्।

विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको बताउँदै प्रधानमन्त्री शाहले संकटका बेला पीडितलाई थप पीडा दिने गतिविधि नगर्न आग्रह गरेका छन्। हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ। सुरक्षित रहौँ, सतर्क रहौँ,” प्रधानमन्त्री शाहले भनेका छन ।

चर्चामा

सम्बन्धित समाचार