मङ्लबार, अशोज २०, २०८३
मङ्लबार, अशोज २०, २०८३
  • होमपेज
  • देश
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

  • सोमवार, अशोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु

काठमाडौ–सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णयहरू सार्वजनिक गर्नु भएको हो ।
बैठकका निर्णयहरूः

१ नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने ।

२ नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने ।

३ वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गर्ने ।

४ जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने ।

५ सहसचिव श्री पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने ।

चर्चामा

सम्बन्धित समाचार