काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि धमाधम मर्मत सम्भार गरिदै छ ।
आगामी कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापनका साथै दर्शकका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।