काठमाडौँ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले देशभित्र तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली समुदायमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रँ शाहले बडा दसैको शुभकामना सन्देश दिदै प्रधानमन्त्रँ शाहले दसैँले हरेक घरपरिवारमा नयाँ उत्साह, उल्लास र उमङ्ग ल्याओस भन्नुभएको छ ।
दसैँ केवल एउटा धार्मिक विधि मात्र नभई नेपाली समाजको सदियौँ पुरानो मौलिक पहिचान र सामाजिक एकताको मजबुत कडी रहेको प्रधानमन्त्रीको भनाइ छ।
मान्यजनबाट टीका–जमरा ग्रहण गरी आशीर्वाद लिने र सानालाई माया अनि ठूलालाई आदर गर्ने परम्पराले हाम्रा सांस्कृतिक मूल्यमान्यतालाई जीवन्त राखेको उहाँले उल्लेख गर्नुभएको छ।
देश–विदेशमा रहेका आफन्तजन र परिवारजन एउटै घरआँगनमा भेला भई सुख–दुःख साट्ने, भलाकुसारी गर्ने र खुसी साटासाट गर्ने यस पर्वले वातावरणलाई नै अर्कै सुगन्ध र उल्लासले भरिदिने वातावरण सिर्जना गर्ने फिचरलाई सन्देशमा जोड दिइएको छ।
विगतका विभिन्न सङ्कट, भूकम्प र महामारीजस्ता कठिन परिस्थितिमा पनि नेपालीहरूले आफ्नो परम्परालाई अविच्छिन्न रूपमा निरन्तरता दिँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यस वर्ष भोटेकोशी रसुवा, नुवाकोट, बुढीगण्डकी गोरखा लगायतका क्षेत्रमा भएका विनाशकारी विपत्तिका कारण देश शोकमा रहेकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ र तिनमाथि विजय प्राप्त गरी सत्य तथा सदाचारको बाटोमा हिँड्न सकौँ,“ सन्देशमा भनिएको छ।
दसैँ कसैका लागि पनि आर्थिक बोझ बन्नु हुँदैन भन्नेमा सरकार सचेत रहेको र हरेक नागरिकको आर्थिक सम्पन्नताले नै पर्वहरूको वास्तविक रौनक फर्किने धारणा उहाँले व्यक्त गर्नुभयो।
माता दुर्गाभवानीको कृपा र सत्प्रेरणाले सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्दै प्रधानमन्त्री शाहले यो पर्वलाई अनुशासित, सभ्य र भव्य रूपमा मनाउन सम्पूर्ण देशबासीलाई आह्वान गर्नुभएको छ ।।