बिहिबार, मंसिर ४, २०८३
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • News
  • भीमफेदीमा सुमो दुर्घटना तीन जनाको मृत्यू ७ जना घाइते

भीमफेदीमा सुमो दुर्घटना तीन जनाको मृत्यू ७ जना घाइते

  • बिहिबार, मंसिर ४, २०८३
भीमफेदीमा सुमो दुर्घटना तीन जनाको मृत्यू ७ जना घाइते

काठमाडौ —मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजार नजिक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बिहीबार बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो । बिहान करिब साढे ८ बजे भएको दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । हेटौँडा अस्पतालले उपचारका क्रममा तीन जनालाई मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । गत कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार