बुधबार, मंसिर ३, २०८३
बुधबार, मंसिर ३, २०८३
  • होमपेज
  • News
  • एनपीएल आज पहिलो क्वालिफायरम लुम्बिनी र सुदूरपश्चिम भिडदै

एनपीएल आज पहिलो क्वालिफायरम लुम्बिनी र सुदूरपश्चिम भिडदै

  • मङ्लबार, मंसिर २, २०८३
एनपीएल आज पहिलो क्वालिफायरम लुम्बिनी र सुदूरपश्चिम भिडदै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडदै छन । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा आमनेसामने हुन लागेका हुन् । लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यता, लुम्बिनी भने गत संस्करणको उपाधि विजेता टोली हो । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल प्रवेशसँगै आफ्नो दाबेदारी बलियो बनाउने अवसरका रूपमा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार