सोमवार, मंसिर १, २०८३
सोमवार, मंसिर १, २०८३
  • होमपेज
  • News
  • मुगुमा गाडी दुर्घटना तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

मुगुमा गाडी दुर्घटना तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते

  • आइतवार, कार्तिक ३०, २०८३
मुगुमा गाडी दुर्घटना तीन जनाको मृत्यु, दुई जना गम्भीर घाइते
मुगु – रारा आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। काठमाडौँबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको ट्वयटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भीरबाट खस्दा दुर्घटना भएको हो।गाडीमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय  प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताउनु भयो ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। गम्भीर घाइते एक पुरुष र एक महिलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार