काठमाडौँः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।आज कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलोपटक उपाधि जितेको हो ।सुदूरपश्चिम लगातार दुई सिजन फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएको थियो ।