काठमाडौ —आजदेखि विसं २०८३ सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, उमङ्ग र खुशीका साथ मनाइने गरिन्छ । नेपालीहरुले एकआपसमा शुभकामना साटासाट नौलो खानपिन नया पहिरन गरी नया बर्ष मनाउने चलन छ । आज बिशेष गरि पर्यटकिय गन्तब्यहरुमा निकै चहपहल हुने गरेको छ । युवायुवतीहरु घुम्न जाने गरेका छन । काठमाडौको नगरकोट, हनुमानढोका, स्वयम्भू, ह्वाइगुम्बा लगायत क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटकको घुइचो लाग्ने गरेको छ । काठमाडौ ठमेलमा नया बर्षको सडक महोसत्वको आयोजना गरिएको छ । मुगुको रारामा पनि नया बर्षमा चहलपहल हुने गरेको छ ।