काठमाडौ —सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक गरेको छ । संघीय संसद्मा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षका लागि चालु, पुँजीगत तथा वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरिएको बताउनु भयो र्। ै अर्थमन्त्री वाग्लेका अनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको करिब ५९.८ प्रतिशत हो ।त्यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनु भयो ।