काठमाडौ —कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव – २०८३ भव्य रूपमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको संयोजन र नरहरिनाथ गाउ“पालिका तथा कर्णाली कलाकार प्रतिष्ठानको आयोजनामा काठमार्डा भृकुटीमण्डप स्थि पुलिस क्लवमा संचालन गरिएको कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव कला सास्कृति प्रस्तुती र स्थानीय उत्पादन प्रदर्शन सहित भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
उक्त महोत्सवको उदघाटन नेपाली कांग्रेस पूर्ब कार्यवाहक सभापति एवम पूर्ब उपप्रधानमन्त्री पूर्णबहादुर खडकाले गरेका थिए ।
प्रमुख अतिथि खड्काले नेपालको समृद्धिको आधार कर्णालीको समृद्धि हो भन्दै कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । कर्णाली क्षेत्र भौगोलिक विकटता र राज्यको सीमित पहुँचका कारण यस क्षेत्र पछाडि परेको उहाको भनाई रहेको छ ।
महोत्सवले कर्णालीलाई नेपालको दुर्गम भूगोलका रूपमा नभई सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा र अपार सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने सशक्त सन्देश दिएको छ। राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनको साझा उद्देश्य बोकेको यो महोत्सव कर्णालीलाई विश्व पर्यटन मानचित्रमा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।महोत्सवमा कर्णालीका मुगु, हुम्ला, जुम्ला, सल्यान, जाजरकोट लगायत १० वटै जिल्लाको तर्फ बाट मौलिक सांस्कृतिक देउडा, झोडा, हुड्के मागल नाच, मयुर नाच प्रस्तुति गरिएको आयोजकले जनाएको छ ।
सोही महत्सवमा कर्णाली क्षेत्रको पहिचान बोकेका फोटाहरु पनि प्रदर्शनमा राखिएको थियो ।
कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरू राजु परियार, रामजी खाँड, महेन्द्र शाही रास्कोटी, ईब्सल संज्याल, बिपना सिंह, सपना शाही र संगिता बडुवाल लगायतले सांगीतिक प्रस्तुत गर्दा महोत्सवमा रौनक देखिएको थियो ।