मुगु- नेपालको साहसिक पर्यटन क्षेत्रमा पछिल्लो समय धेरै युवाहरूले आफ्नो पहिचान बनाइरहेका छन । तीमध्ये मुगु जिल्लाका हरि रावल एक पात्र हुन जसले मुगु बाट सुर्खेतको नीलो आकाशमा प्यारागलाइडिङ मार्फत पर्यटकलाई उडाइरहेका छन । प्यारागलाइडिङ पाइलटका रूपमा चिनिएका ३६ बर्षिय रावलको यात्रा साहस, सर्घष र दृढ इच्छा शक्तिको अनुपमको उदहारण बनेको छ ।
मुगुको छायानाथ रारा नगरपालिका ८ झयारी गाउमा जन्मिएका हरि रावलको बाल्यकाल अभावस्था देउडा गायन र त्यसपछि साहसिक प्यारागलाइडिङको यात्रा सुरु भएको छ । शिक्षा र अवसरको खोजीमा गाउँ छोडेपछि उनले पर्यटनको प्रबद्र्धन गर्न प्याराग्लाइड क्षेत्रमा पाइला टेके । सुरुमा पदयात्रा (ट्रेकिङ) र अन्य पर्यटन गतिविधिमा संलग्न भए पनि उनको नजर सधैँ आकाशमा उडिरहने रङ्गीचङ्गी प्याराग्लाइडरहरूमा अडिक भयो ।
द बाबु एडभान्चर स्कुल स्याङजामा तालिम प्राप्त गरिे प्यारागलाइडिङमा लागेको रावलले बताए । उक्त स्कुलका फाउण्डर सानु बाबु सुनारलाई आफनो प्यारागलाइडिङको गुरु सम्झिने गरेका उहाको प्ररणा र सल्लाह बाट आफू यो क्षेत्रमा लागेको बताए ।उनले यसलाई केवल मनोरञ्जनको साधन मात्र नभई एक व्यावसायिक करियरका रूपमा अगाडि बढाउने रावलले अठोट गरे । उचाइको डर लाई जितेर उनले आकाशमा उड्ने सीप हासिल गरे र अन्ततः एक दक्ष व्यावसायिक पाइलट बन्न सफल भएका छन ।
हरि रावल अहिले नेपालको प्यारागलाइडिङ क्षेत्रमा एक परिचित नाम बनिसकेका छन्। उनले सुर्खेतको बैरीकाडाको डाडा बाट स्वदेशी तथा विदेशी पर्यटकहरूलाई प्यारागलाइडिङ तर्फ आक्रर्षण र उडाउने काम गरि रहेका छन । दिनमा ४ देखि ६ जना सम्म आन्तरिक पर्यटकलाई प्यारागलाइडिङ उडाउने काम गरिरहेको छु रावलले भने स्वदेशीलाई ५५ सय र बिदेशीलाई ८ हजार भाडादर रहेको छ । उनले आफना नाममा वेलकम प्यारागलाइडिङ कम्पनी खोलेर पर्यटकलाई उडाउने काम गरि रहेका छन । सुर्खेत बैरीकाडा बाट तल सुर्खेत रेडियो नेपाल क्षेत्रमा पुग्न करिव ३० मिनेट समय लाग्ने उनले बताए ।
आकाशमा उड्दा म आफूलाई चरा जस्तै स्वतन्त्र महसुस गर्छु। मुगुको भीरपाखामा हिँडेको मान्छे आज सुर्खेतको आकाशमा उड्न पाउँदा गर्व महसुस गरेको उनको भनाई छ ।
रावलको सफलताले कर्णाली प्रदेशका अन्य युवाहरूलाई पनि ठूलो प्रेरणा दिएको छ। उनले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि आवाज उठाउँदै आएका छन । मुगुको रारा मुर्माटप बाट प्यारागलाइडिङको सम्भाव्यता खोजी गरिरहेका छ । साथ सहयोग नपाउदा काम अघि बढाउन सकेका छैनन ।
साहसिक खेल भएकाले प्यारागलाइडिङमा उतिकै जोखिम पनि छ रावलले भने हावाहुरी बर्षा भएको बेला आकासमा उडन जोखिम छ । यो क्षेत्रमा लागेको ६ बर्ष भयो तर अहिले सम्म त्यस्तो कुनै घटना नभएको उनले सुनाए । हरि रावल मुगुको धूलो–माटोबाट उठेर बादलको माथिसम्म पुग्ने उनको यो उडानले धेरै नेपाली युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन साहस प्रदान गरेको छ । भविष्यमा आफ्नो जन्मभूमि कर्णालीमा पनि साहसिक खेल प्यारागलाइडिङको बीउ रोप्ने लक्ष्य रावलले राखेका छन ।