मुगु —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुदैछ । चितवन भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा अधिबेसन उदघाटन सुरु हुँदै छ । महाधिवेशनका लागि प्राविधिक, प्रशासनिक तयारी पूरा भएको रास्वपाले जनाएको छ । पार्टी सभापति रवि लामिछाने लगायतका शीर्ष नेताहरू शनिबार चितवन पुगिसकेका छन ।
केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको अधिबेसन स्थलमा आइ सकेका छन । महाधिवेशनले पार्टीको नयाँ नीति र नेतृत्व चयन गर्दै आगामी राजनीतिक दिशा तय गर्ने छ । रास्वपाले उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ ।
जस अन्त्र्रगत सभापति पदमा उम्मेदवारी दिनका लागि ५१ हजार शुल्क तोकेको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, पदाधिकारीका लागि ४१ हजार शुल्क तोकिएको छ । पदाधिकारीमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि रास्वपाले २१ हजार शुल्क तोकेको छ । त्यस्तै, १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने छ । रास्वपाको प्रथम अधिबेसनका कारण चितवमा मानविय चहलपहल बढेको छ । होटल बुकिड. भएका छन ।