मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • समाज
  • रारा मुर्माटपमा फोरजी सेवा सुचारु, स्थानीय खुशी

रारा मुर्माटपमा फोरजी सेवा सुचारु, स्थानीय खुशी

  • मङ्लबार, असार १६, २०८३
रारा मुर्माटपमा फोरजी सेवा सुचारु, स्थानीय खुशी

मुगु—मुुगुको रारा मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सुचारु गरेपछि स्थानीयको खुशी भएका छन । छायाँनाथ रारा नगरपालिका ९ स्थित पर्यटकीय गन्तब्य रारा मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरि असार १५ देखि तिब्रगतिको फोरजी सेवा बिस्तार हुदा स्थानीय हर्षित भएका छन ।
फोरजी टावर निर्माण संगै इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय खुशी भएको मुर्मा गाउका रन रोकायाले सुनाए । अब बाटै इन्टरनेट चलाएर देश बिदेशमा आफन्त सित कुरा गर्न पाइने उनको भनाई छ । रारा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरु इन्टरनेट चलाउन सहज भएको उनको भनाई छ ।

करिव सात आठ बर्ष देखि लथालिङ अबस्था रहेको रारा मुर्माटपको फोरजी टावर निर्माण कार्य पुरा गरि फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमल कुमार बुढाले जानकारी गराए ।
बुढाका अनुसार पारि थार्प टावर बाट रेडियो लिंक मुर्माटप टावरमा जोडेर फोरजी चलाइएको हो । अहिले सिमित सेवा मात्र सुचारु गरिएको छ, पावर ब्याकअप भरपर्दो भरपर्दो नबनाउदा सम्म दिगोपनमा चुनौती देखिएको छ ।
सात आठ बर्ष अघि खरिद गरिएका पुराना ब्याट्रीले पावर धान्न नसक्ने र नया“ ब्याट्री जडान गरेपछि मात्र सेवा दिगो हुने बुढाको भनाई छ । नया ब्याट्री जडानको लागि ठेक्का प्रकृया अघि बढिसकेको उनको भनाई छ ।उक्त फोरजी सेवाले

सिंगो मुर्मा गाउँ,रारा क्षेत्र आसपासका बस्तीहरु, होटल, निकुञ्ज कार्यालय र निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र भ्रमणमा आएका पर्यटकहरु इन्टरनेट फोरजी सेवा बाट लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छमुर्माटपमा निर्माण गरिएको फोरजी टाव।रले सोरु, बाजुरा, तल्लो हुम्ला क्षेत्र, जुम्लाको सिजा क्षेत्र सहित मुगुको माथिल्लो पाटन क्षेत्रमा सेवा बिस्तार हुन अपेक्षा राखिएको निमित्त प्रमुख बुढाले बताए ।
धेरै लामो समय देखि अगाडि प्रक्रिया सुरु भएपनि ठेकेदारका लापबाहीका कारण अलपत्र परेको थियो । स्थानीयको दबाब र सामाजिक युवा अभियान्ता अनिल बानियाको पहल कदम पछि नेपाल टेलिकमले टावर निर्माण कार्यलाई तिब्रता दिएर सेवा सुचारु गरेको मुर्मा गाउका स्थानीयको भनाई छ ।

असार १५ गतेदेखि फोरजी सेवा सुचारु भएर मोबाइलमा द्रुत गतिको इन्टरनेट चल्न थाले पनि अहिले यो टावरमा पावर ब्याकअपको समस्या देखा परेको छ ।भौगोलिक विकटताका कारण मुर्माटपमा विद्युतीय केन्द्रीय प्रसारण लाइन नहुदा टावर पूर्ण रूपमा पावर (विद्युत आपूर्तिमा समस्या देखा पर्न थालेपछि स्थानीय चिन्तित छन ।
हाल टावरमा जडान गरिएका ब्याट्री ब्याकअपको क्षमता अत्यन्तै कमजोर वा न्यून भएकाले मौसम खरावी हुदा बित्तिकै विद्युत आपूर्तीमा खरावी भई जाने नेटवर्कमा समस्या उत्पन्न हुने सम्भावना रहेको स्थानीयको भनाई छ ।
मुर्मा गाउका बासिन्दा, जनप्रतिनिधि, कर्मचारी युवा अगुवाहरुले फोरजी टावरको दिगोपन र नेटवर्क भरपर्दो बनाउन उच्च क्षमताको ब्याट्री जडानका लागि नेपाल टेलिकम सित माग गरेका छन ,।

चर्चामा

सम्बन्धित समाचार