शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • समाचार
  • गणेश नेपालीलाई शहिद घोषणा र परिवारको रोजगारको जिम्मा सरकारले लिनु पर्छ, पूर्वमन्त्री शाही

गणेश नेपालीलाई शहिद घोषणा र परिवारको रोजगारको जिम्मा सरकारले लिनु पर्छ, पूर्वमन्त्री शाही

  • शुक्रबार, असार २६, २०८३
गणेश नेपालीलाई शहिद घोषणा र परिवारको  रोजगारको  जिम्मा सरकारले लिनु पर्छ, पूर्वमन्त्री शाही

काठमाडौ —पूव वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आत्मदाह प्रयास पछि निधन भएका गणेश नेपालीलाई शहिद घोषणा र उनका परिवारको शिक्षा स्वास्थ्यको रोजगारको ग्यारेन्टी सरकारले लिनु पर्ने बताएका छन ।
हिजो त्रिपुरेश्वरमा राहदानी बिभाग आफनै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास पछि बीर अस्पतालमा उपचारको क्रममा निधन भएका मुगु सोरु गाउपालिका—१ का २५ बर्षिय गणेश नेपालीलाई शहिद घोषणा गर्नु पर्ने, उनकी श्रीमतिलाई रोजागर बच्चालाई शिक्षाको ग्यारेन्टी, मृतकका परिवारलाई उचित क्षेतिपूर्तीको ब्याबस्था सरकारले गर्नु पर्ने शाहीको भनाई छ ।

मोटर साइकल बाट पेट्रोल निकाले शरिरमा छर्केर आगो लगाउदा सम्म प्रहरी र नगर प्रहरीले के हेरेर बसेको हो उसलाई बचाउनु पर्देन पूर्ववन मन्त्री शाहीले आक्रोस पोख्दै भने उनले आत्मदाह गर्न खोज्यो उसलाई बचाउनु पर्दैन । हाम्रा माग सरकारले कार्यन्वयन नगर्दा सम्म मृतकको लास नबुझने उहाको भनाई छ ।

बीर अस्पतालमा उपचारको क्रममा गणेश नेपालीको निधन भएपछि मुगुवासीले आज माइतघर मण्डला बीर अस्पताल परिसरमा प्रर्दशन गरेका छन । जन्मथलो छोडेर परिवार पाल्नकै लागि काठमाडौ आएका गणेश नेपालीको निधनले अत्यन्तै मर्माहित स्तब्ध बनाएको बताए । शोकाकुल परिवारजन प्रति हार्दिक श्रदाञ्जली उहाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार