काठमाडौ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह प्रयास पछि बीर अस्पतालमा उपचारको क्रममा निधन भएका मुगु सोरु गाउपालिका—१ का २५ बर्षिय गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन आइतबार गणेशकी आमालाई भेटेर नेता बस्नेतले १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेका छन । ने
ता बस्नेतले सहयोगसँगै मृतक गणेशकी छोरीलाई स्नातकतह सम्म उच्च शिक्षा अध्ययन गराउने जिम्मेवारी लिएका छन ।
गत बिहिबार त्रिपुरेश्वरमा गणेश नेपालीको मोटरसाइकललाई काठमाडौँ महानगर प्रहरीले ह्वील लक गरेपछि असन्तुष्ट बनेका नेपालीले आत्मदाह प्रयास गरेपछि उपचारको लागि वीर अस्पताल ल्याएर उपचारकै क्रममा उनको निधन भएको थियो ।