मुगु— जिल्ला स्थित मुगुम कार्मारोङवासी उत्तरी ब्यापारी नाका खुल्ने प्रतिक्षामा छन । हरेक बर्षको साउन दोश्रो साता देखि मुगुको एक मात्र उत्तरी ब्यापारी नाक्चेनाङला नाका खुल्ने गरेको र यो बर्षपनि उक्त नाका खुल्ने प्रतिक्षामा कार्मारोङवासी छन ।
पोर साल पनि उत्तरी नाका खुल्यो यो बर्ष पछि उत्तरी नाका खुल्ने आसामा सिंगो कार्मारोङवासी प्रतिक्षा रहेको मुगुम कार्मारोङ गाउपालिका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ । हरेक बर्ष असार महिनामा १५ लिन उत्तरी नाका खोल्ने र यहाका स्थानीय खाद्य बस्तु किनमेल गर्न जाने गरेको अध्यक्ष लामाको भनाई छ । अध्यक्ष लामाका अनुसार उक्त नाकामा समान किनमेल गर्न जानको लागि जिल्ला प्रशासन कार्यालय बाट प्रबेश अनुमति पत्र अर्थात प्रबेश पास बनाएर लैजानु पर्ने नियम रहेको छ ।
तिब्बती ब्यापारीहरुले १५ दिनको लागि हयाजिमार भन्ने स्थानमा अस्यायी हाटबजार संचालन गर्ने र उता मुगुम कार्मारोङ गाउपालिका भरिका स्थानीय बर्षभरि पुग्ने खाद्य बस्तु किन्न जाने गरेका छन ।
नाक्चेनाङला नाका खुलेपछि गकार्मारोङ गाउँपालिका भित्रका मुगु, पूलु, माग्री, किम्री, ताखा, खारी, रिउस, पुवा, मह, लगायत १७ वटा बस्तीका सर्बसाधारण स्थानीयबासी चौरी, झोवा, खच्चर भरिया लगेर नुन, चामल, चिनी, ध्यू, चिया, जुक्ता चप्पल कम्मल सिरक किनमेल गर्न जाने गरेका छन
मुगुम कार्मारोङ गाउपालिकाका स्थानीयले यार्सा लगायत जडिबुटी, चुलीको तेल, चौरीको ध्यू, स्याउ लिएुर तिब्बती हाटबजारमा बिक्री गरेर आएको पैसाले खाद्य बस्तु किनेर ल्याउने गरेका छन । उत्तरी नाकाले गर्दा सिंगो कार्मारोवासीलाई दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा खरिद गर्न पाएका छन ।
मुगु सदरमुकाम गमगढीमा २५ केजी चामल बोराको मुल्य २ हजार देखि २१ सय पर्ने गर्छ भने उक्त चामल मुगु, चितै, डोल्फू गाउँमा ४ हजार ४५ सय मुल्य पर्ने गरेको छ ।
हाल कार्मारोङ गाउँपालिका रहेको पुलू देखि नाक्चेनाङला तिब्बती नाका पुग्न पैदल मार्ग बाट सहजै दुइ दिने पुग्ने सक्निछ भने उक्त पूलु देखि गमगढी पुग्न पनि दुई दिने लाग्ने भएपनि बाटो अप्ठेरोका कारण गमगढी बाट दैनिक उपभोग्य समान लैजान कठिन हुने गरेको स्थानीयको भनाई छ । पुलू देखि मुगु सिरानचौर हुदै मुगु गाउँ त्यहाँ बाट पुरानो मुगु गाउँ हुदै नाक्चेनाङला पुग्न यात्रा सहज मानिने गरेको छ ।
चीनले ५ बर्ष अघि सम्म कार्मारोङ गाउँपालिकाका स्थानीयलाई ३५ लाख मुल्य बराबरको खाद्य बस्तु अनुदानमा उपलब्ध गराउदै आएको थियो ।
अहिले उक्त अनुदानको खाद्य चीन दिन छोडेपछि स्थानीय चिन्तित भएका छन । चीनले सडक निर्माणको लागि गत बर्ष कार्मारोङ पालिकालाई करिव १ करोड मुल्य बराबरको अनुदानमा डोजर उपलब्ध गराएको अध्यक्षले बताए ।
नेपाल सरकारले गमगढी नाक्चेनाङला सडक निर्माण कार्य सुरु गरेपनि बिभिन्न कारणले निर्माण कार्यमा ढिलाइ भएको छ ।तत्कालिन जिल्ला बिकास समितिले २०६३ सालमा गमगढी नाक्चेनाङला ८५ किमी सडक सर्बे गरि निर्माण कार्य थालनी गरेको भएपनि लापाबाहीका कारण अहिले सम्म २० किमी पनि सडक खनिएको छैन ।