काठमाडौ —सुदुरपश्चिमको धार्मिक पर्यटकियस्थल मडिमालिकामा चलचित्र ए मेरो हजुर ५ छायाङ्कन गरिने भएको छ । आगामी साउन २९ गते देखि नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकामा मेरो नयाँ चलचित्र “ए मेरो हजुर ५” को छायाङ्कन गरिने भरना थापाले आफनो सामाजिक सञ्जाल मार्फत बताएकी छन । यो चलचित्र उनकै निर्देशनमा बडिमालिका छायाङ्कन गर्न लागिएको हो ।
प्रधानमन्त्रीज्यूले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार–प्रसारमा विशेष जोड चलचित्र ए मेरो हजुर ५ छायाङ्कन गर्न लागिएको थापाले उल्लेख गरेकी छन ।यही पवित्र र मनमोहक भूमिबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा हामी गौरवान्वित छौं थापाको जनाएकी छन ।
नेपाली प्रकृति, संस्कृति र भावनालाई चलचित्रमार्फत अझ व्यापक रूपमा दर्शकमाझ पु¥याउने हाम्रो प्रयास रहनेछ उहाको भनाई छ । भरना थापाले भनेकी छन् सम्पूर्ण दर्शक, शुभेच्छुक र नेपाली चलचित्रप्रेमीहरूको माया, साथ र आशीर्वादको अपेक्षासहित हामी“ए मेरो हजुर ५” को नयाँ यात्रामा अगाडि बढिरहेका छौं।
जय बडीमालिका।
जय सुदूरपश्चिम।