मुगु- जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो ५ कार्यकालमा राज्यबाट प्राप्त हुने सेवा–सुविधा बापतको प्राप्त हुने सम्पूर्ण रकम समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन । मुगु अन्य स्थानीयहका जनप्रतिनिधिलाई चसनौती दिदै भामले कार्यकालमा प्राप्त सम्पूर्ण सेवा सुबिधाको रकम गरिव बिपन्न दलित र सामाजिक सेवामा समर्पित कार्यमा लगानी गर्ने जनाएका छन ।
सोमबार नगरप्रमुम भामले पत्रकार मार्फत आफनो ५ वर्षे कार्यकालमा प्राप्त हुने पारिश्रमिक, दसैँ सुविधा तथा तालिम, सेमिनार, गोष्ठी र बैठकबाट प्राप्त हुने भत्तासहित करिब २८ लाख १४ हजार समाजसेवामा खर्च गर्ने घोषणा गरेका हुन ।
५९ महिनाको पारिश्रमिक बापत प्रतिमहिना रु ३८ हजारका दरले रु २२ लाख ४२ हजार, दसैँ सुविधाबापत रु एक लाख ९० हजार तथा तालिम, सेमिनार, गोष्ठी र बैठकबाट प्राप्त हुने अनुमानित भत्ताबापत रु तीन लाख ८२ हजार गरी उक्त रकम समाजसेवामा खर्च गर्ने भामले बताएका छन । ग
नगर प्रमुख भामका अनुसार शैक्षिक सामग्री वितरणमा रु आठ लाख, दलित तथा विपन्न वर्गका बालबालिकालाई न्यानो कपडा वितरणमा रु चार लाख ६० हजार, विपद् प्रभावितलाई राहतमा रु चार लाख, पाटी–पौवा, खानेपानी तथा धारा निर्माण र मर्मतमा रु चार लाख, बालविकास कक्षाका बालबालिकालाई खेलौना सहयोगमा रु दुई लाख, सरसफाइ सामग्री वितरणमा रु दुई लाख तथा बिरामी भेटघाट, फलफूल वितरण र अन्य सहयोगमा रु तीन लाख खर्च गर्ने उल्लेख गर्नु भएको छ ।
भान्से, क्वार्टर र सञ्चार सुविधासमेत आफूले नलिएको भामले बताएका छन । भामले २०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका–४ को वडाध्यक्ष निर्वाचित हुँदा प्राप्त सेवा–सुविधा समेत समाजसेवामै खर्च गरेको जानकारी दिएका छन । जनप्रतिनिधि नहुदा पनि भामले आफनो गाउबस्तीमा समुदायकाृ हितमा काम गरेका थिए ।