मुगु —बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको क्षेत्रमा नेपाल टेलिकमले टावर जडान गरी सेवा सुचारु गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उक्त फोरजी सेवा उद्घाटन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी करिब एक महिना भित्रै सेवा सञ्चालनमा ल्याइएको हो । बडिमालिका क्षेत्रमा टेलिकम र इन्टरनेट सेवा सुरु भएपछि तीर्थयात्री, भ्रमण जाने पर्यटक, स्थानीयवासी सहज भएको छ उद्धार र सुरक्षामा खटिने निकायलाई सञ्चारमा सजिलो हुने आसा गरिएको छ ।