काठमाडौ —हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा रौनक देखिएको छ । पशुपति मन्दिरमा एकाबिहानैदेखि बर्तालु महिला भक्तजनहरूको भीड लागेको छ ।
रातो, हरियो र पहेँलो साडी तथा बहुमूल्य गहनामा सजिएका हजारौँ व्रतालु महिलाहरू देवाधिदेव महादेवको पूजाअर्चना र दर्शनका लागि पशुपति क्षेत्रमा घुइचो लागेको छ । पशुपति हात हातमा अक्षेत फुल लिएर मन्दिरमा पुजा अर्चना बर्तालु महिलाहरु ब्यक्त देखिएका छन । मन्दिर परिसर वरिपरि नाचगानले रौनक छाएको छ ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । बर्तालु महिलाहरुलाई दर्शनमा सहज र सुविधाको निम्ति
मन्दिरका चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिनुका साथै सुरक्षाकर्मी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको परिचालन गरिएको छ । धार्मिक मान्यताअनुसार तीजको दिन निराहार व्रत बसी शिव–पार्वतीको पूजा गर्नाले पारिवारिक सुख, समृद्धि, शान्ति र दाम्पत्य जीवन सुखी विश्वास गरिएको छ ।