काठमाडौ —गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले यसपटकको तीज पर्व रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित परिवारप्रति समर्पित रहेको बताएकी छनसंस्कार, उमंग र खुसीको पर्वका रूपमा लिइने तीजलाई यसपटक रसुवा र नुवाकोटमा आएको भीषण प्राकृतिक विपत्तिका कारण उत्सवका रूपमा नमनाउने र पिडित परिवारहरुको साथ रहेको उल्लेख गर्नु भएको छ ।
विपत्तिले पु¥याएको अकल्पनीय विनाश, आफन्त गुमाएका दिदीबहिनी तथा अभिभावकविहीन बालबालिकाको पीडाले मन स्तब्ध बनाएकाले यसपटकको तीज पीडित परिवारहरूकै नाममा अर्पण गर्ने निर्णय लिएको राईले उल्लेख गरेकी छन
प्रत्यक्ष रूपमा पुगेर विपत्तिका कारण एकाएक जीवनसाथी गुमाउनुपरेका दिदीबहिनी, अभिभावक गुमाएका टुहुरा बालबालिका र गाँस–बास गुमाएका परिवारको अवस्था देखेपछि आफूले तीजको रमाइलो र दरको थाल सम्झिन नसकेको उपाध्यक्ष राईको भनाई रहेको छ ।
उपाध्यक्ष राईका अनुसार यसपटकको तीजको दर बाढीपहिरो प्रभावितहरूका लागि राहतको रूपमा सहयोग गरिनेछ भने व्रत प्रभावित क्षेत्रका बासिन्दाको जीवन चाँडै सामान्य बनोस् भन्ने प्रार्थनामा परिणत हुनेछ ।
बाढी पीडित परिवारहरुको आजको पीडा र आँसुलाई भोलिको आशामा बदल्न सहयोग गर्नु नै यसपटकको आफ्नो तीजको संकल्प रहेको राईले स्पष्ट पार्नुभएको छ ।