आइतवार, अशोज ४, २०८३
आइतवार, अशोज ४, २०८३
  • होमपेज
  • समाज
  • मुगु भीई गुरादेउताको धार्मिक नवमी मेला आज देखि सुरु

मुगु भीई गुरादेउताको धार्मिक नवमी मेला आज देखि सुरु

  • आइतवार, अशोज ४, २०८३
मुगु भीई गुरादेउताको धार्मिक नवमी मेला आज देखि सुरु

मुगु —मुगु सोरु गाउपालिका स्थित भीई गाउँमा गुरा देउताको नवमी मेला नवमी मेला आज बाट सुरु भएको छ । परापुर्वकाल देखि कहिले भदौं महिना त कहिले असोजमा मनाउने गरिन्छ । यो पटक नवमी मेला असोज ४ र ५
गते परेको छ । नवमी मेलामा भीई गाउँका स्थानीय घर रातो र सेतो कमेरो माटोले लिपपोत गर्ने गरेका छन । उक्त नवमी मेला हेर्न आज देखि बिभिन्न गाउ बस्ती बाट स्थानीयहरु भीई तर्फ जाने गरेका छन ।
उक्त नवमी मेलामा गुरा देउताको दर्शन गर्न मुगु, हुम्ला, जुम्ला, बाजुरा, अछाम देखि भक्तजनको घुइचो लाग्ने गरेको छ । भक्तजन संगै वरपर छिमेकी गाउँ बाट समइजु, कालिका मालिका,काले लगायत देउताका झाक्रीहरु गुरा देउताको दर्शन गर्न आउने गरेका छन ।
नवमी मेलाको प्रारम्भको दिन बेलुका पख बाजागाजा सहित सम्पूण झाक्रीलाई अस्नान गर्न पानी धारामा लैजाने र त्यहाँ बाट फर्किए पछि डेढ घण्टा सम्म माँझथारामा दमाहा बाजाहरु नाच्ने र झाक्रीलाई पर्छो गर्ने गरेका छन ।
उक्त दिनको रातभर सहभागी भक्तजन महिला पुरुष युवयुवतीले गुरा देउताको मन्दिर तलमाथि वरपर स्थानीय पहिरनका साथ देउडा खेल लगाउने चलन छन । नवमीको भोली बिहान बिभिन्न देउताका झाक्रीहरु नाच्ने गरेका छन उक्त झाक्री नाच अबलोकन गर्न भक्तजनको बाक्लो उपस्थित देखिने गरेको छन ।

भीई गाउँको नवमी मेलाको फरक पहिचान रहेको भीई गाउँका वडाअध्यक्ष सिंहबहादुर धामीले बताए । हरेक बर्ष भीई गाउँमा गुरा देउताको ठूलो नवमी मेला लाग्ने वडाअध्यक्ष धामीले भने टाढा टाढा भक्तजन आएर गुरा देउता भेटी अक्षेता खसी बोका चढाएर बर माग्ने गरेका छन ।
नवमी मेला कहिले भदौं महिना त कहिले असोजमा पर्ने गरेको छ । आफूलाई सम्झेर आएका भक्तजनलाई गुरा देउताले पनि चिताएको बर दिने गरपछि गुराको चर्चा परिचर्चा बढदै गएको छ ।

भीई नवमी गुरादेउको धार्मिक मेलालाई धार्मिक पर्यटनमा जोड आबश्यक देखिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जानकारी गराए । ऐतिहासिक धार्मिक पहिचान बोकेको गुरादेउताको मन्दिर जिर्णेद्धार गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार