काठमाडौ —काठमाडौं उपत्यकाको मौसममा सुधार आएसंगै आकास खुलेपछि जनजीवन समान्य बन्दै गएको छ । झरी रोकिएर आकाश खुलेपछि उपत्यकाको चहलपहल देखिएको छ । बिहीवार, शुक्रबार, शनिबार सहित आइतबार मध्यान्ह सम्म मुलुकभरजसो परेको भारी वर्षाले काठमाडौं उपत्यका सहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।
निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज र व्यापार–व्यवसायमा समेत सुस्तता देखिएको थियो । आइतबार शनिवार मध्यान्ह बाट झरी रोकिएर घाम लागेपछि जनजीवनमा सहजता भएको छ ।
मांैसममा सुधार आएसंगै काठमाडौमा घाम लागेपछि मानिस आफनो कामको गन्तब्यमा लागेका छन । बर्षाले रोकिएका पर्यटकरु घुम्न सुरु गरेका छन । घाम लागेपछि स्वयम्भू क्षेत्रमा पर्यटकहरु घुम्न आएका छन । झरीले सुनसान बनेको स्वयम्भुनाथ क्षेत्र आइतबार मध्यान्ह बाट मानविय चहलपहल देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार देखिए पनि पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको जनाएको छ ।।