बिहिबार, पुस १८, २०८१
बिहिबार, पुस १८, २०८१
  • होमपेज
  • कृषि
  • कृषकलाई जौ गहु टिप्न चटारो

कृषकलाई जौ गहु टिप्न चटारो

  • बुधबार, बैशाख २६, २०८१
कृषकलाई जौ गहु टिप्न चटारो

मुगु—मुगु जिल्लाका कृषकलाई यति बेला खेतबारीको जौ गहु बाली टिप्न चटारो छ । गत मंसिरमा लगाएको जौ गहु बाली पाकेर खेतबारी पहेलै भएपछि कृषकले टिप्न सुरु गरेका छन । लेकाली बस्ती भन्दा बेशी बस्तीमा जौ गहु“ बाली पाकेको छ । उच्च लेकाली बस्तीमा असारमा गहु“ बाली पाक्ने गरेको छ । गहु“ जौ बाली टिप्न कृषकलाई चटारो भएको सोरु गाउ“पालिक—४ का रामबहादुर मल्लले बताए । मंसिरमा खेतबारी लगाएको जौ गहु“ बाली पाकेर पहेलै भएपछि कृषकले टिप्न थालेको उनको भनाई छ
यति बेला मुगु जिल्लाको धैनकोट, सिप, तारापानी, श्रीनगर, कार्कीबाडा, लिब्रु रावलबाडा, नार्थपु, भीई लगायत बस्तीमा गहु“ बाली पाकेपछि कृषकले टिप्न चटारो भएको छ । कृषकले गहु“ बाली टिपेर सकेपछि कातिके बाली कोदो, कागुनो, चिनु, सिमी, रोप्ने गरेका छन भने खेतमा असार बाट धान रोपाई सुरु गर्ने गरेका छन । कृषकहरु गहु“ जौ बाली टिप्न बिहान देखि सा“झ सम्म खेतबारीमै दिन बिताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार