मुगु—गमगढी सोरु सडक खण्ड धमाधम स्तरउन्तीको कामलाई तिब्रता दिइएको छ । कर्णाली प्रदेश सरकारको ६३ करोड ४६ लाख कुल बजेट मध्ये ठेक्का प्रतिस्पर्धामा ३० करोड ९ लाख आर्थिक लागतमा गमगढी सोरु सडक खण्डको स्तरउन्नीको काम सुरु गरिएको छ । भौतिक पूर्बाधार बिकास कार्यालय प्रमुख कृष्ण चापागाई भने प्रदेश सरकारको बजेट बाट गमगढी सोरु सडक खण्डको स्तरउन्नतीका कामलाई तिब्रता दिइएको छ । सडक स्तरउन्नतीको ठेक्का शिवालय टास्कर जेभि सित १८ महिना भित्र काम सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ ।
सडकलाई फराकिलो बनाउने डिल पर्खाल लगाउने पानी निकासको लागि ढल बनाउने जस्ता काम गरिएको छ । सोरु गाउ“पालिकाको आसिधारा हुदै तारापानी सम्मको सडक खण्ड यो चालु आर्थिक बर्ष भित्र स्तरउन्नतीको काम सम्पन्न गरिने भौतिक पूर्बाधार बिकास कार्यालयले जनाएको छ । एक दशक अघि ग्रामिण पहुच कार्यक्रम रयाथ्रिले निर्माण गरेको गमगढी तारापानी सम्मको २१ किमी सडक खण्डलाई एक दशक पछि प्रदेश सरकारले स्तरउन्नतीका काम अघि बढाएको छ । भौतिक पूर्बाधार बिकास कार्यालयले गमगढी सोरुको सडक स्तरउन्नतीको काम अघि बढाए पछि स्थानीय हर्षित भएका छन ।