मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा बर्षासंगै हिमपात किसान उत्साहित

मुगुमा बर्षासंगै हिमपात किसान उत्साहित

  • शनिबार, माघ १०, २०८२
मुगुमा बर्षासंगै हिमपात किसान उत्साहित

फोटो सौजन्य चन्द्र प्रकाश बढुवाल मुगु

मुगु—मुगुमा यो बर्षकै पहिलो हिमपात भएको छ ।शुक्रबार मध्यान्ह बाट मौसममा बदलिई भइ गएराति बाट बर्षा संगै हिमपात भएपछि किसानहरु उत्साहित भएका छन । मुगुको सोरुकोट, कालै, जडेपानी,पोखरी, पर्यटकियस्थल रारा, मुमा, ताल्चा, मुन्दु, कोटिला, माथितुम, सोभा, डोल्फू, मुगु, किम्री, चितै लगायत बस्तीमा हिमपात भएको छ ।

सोरुकोट र रारामा आधा फिट हिउ परेको छ ।हिमपात बनपाखा गाउ“बस्ती रुखहरु सेताम्य भएका छन यो बर्षकै पहिलो हिमपात भएको सोरु गाउपालिका—६ का बिनोद शाहीले बताउनु भयो । लामो समय देखिको खडेरीले काकाकुल भएका किसान बर्षा र हिमपातले राहात भएको उनको भनाई छ ।जिल्ला उत्कृष्ट पर्यटकिय गन्तब्य रारामा पनि यो बर्षकै पहिलो हिमपात भएको छ । हिमपात हुदा घुम्फिर गर्न आएका पर्यटकरु खुशी भएका छन । रारामा यो बर्षकै पहिलो हिमपात भएको रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले जानकारी गराए । हिमपातले रारा सेताम्य भएको उनको भनाई छ ।

बिगत बर्षहरुमा पुस महिना देखि नै हिमपात हुने गथ्र्यो भने गत बर्ष देखि माघ दोश्रो साता बाट हिमपात हुन थालेको स्थानीयको भनाई छ । हिमपातले अन्नबाली सुबिकाल र फलफुल जडिबुटी उत्पादनमा बढने आसा गरिएको छ । हिमपातले फलफुल र बालीमा लाग्ने रोग किराहरु नष्ट हुने पानीका मुहान बढने बनपाखामा घास उम्रिएर चौपाय बस्तुलाई सहज हुने किसानको भनाई छ ।
बर्षा र हिमपातले गमगढी नाग्मा सडक र हवाई सेवा प्रभावित हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार